अष्ट्रेलियाको पानी बन्दैछ बेइमानी, एक हप्तामा दुई नेपालीको मृत्यु

अष्ट्रेलियाको पानी बन्दैछ बेइमानी, एक हप्तामा दुई नेपालीको मृत्यु


मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा एक हत्तामा दुई जना नेपाली युवाको पानीमा डुबेर ज्यान गएको छ। सोमबार गोरखाका ३७ वर्षीय रुपक थापा पानीमा डुबेको अवस्थामा मृत भेटिएका थिए। सन २००९ मा अष्ट्रेलिया आएका थापाको सिड्नीको वोलाक्रिक नजिकैको खोलाको पानीबाट प्रहरीले थापाको शव फेला पारेको थियो। सिड्नीमा श्रीमतीसँग बस्दै आएका थिए।

यस्तै अष्ट्रेलियामा रहेका नेपालीका लागि बुधबार दःखद घटना घट्यो । परिवारसहित क्याम्पिङमा गएका मनिष गुप्ताको तालमा नुहाउने क्रममा डुबेर ज्यान गयो । भिक्टोरिया राज्यको ‘एपोलो बे’ मा गुप्ताको परिवारसँग रमालो गर्न गएका थिए। आफूले लगाइराखेको लाइफ ज्याकेट दश बर्षिय भतिजलाई दिएर पौडी खेलिरहेका गुप्ता तालको गहिरो भागमा चिप्लेर डुबेका थिए। तत्काल उद्धार गरिए पनि उद्धार गर्ने हेलिकप्टर चाँडो नआउँदा उनको अकालमै मृत्यु भयो।

अष्ट्रेलियामा गर्मी बढेसँगै पौडी खेल्ने क्रममा डुबेर नेपालीहरुको मृत्यु हुने दर बढेको छ। आज एक हप्ताको अवघिमा अष्ट्रेलियाको नेपाली समुदायले दुई युवालाई गुमाएको छ। अष्ट्रेलिया जल सुरक्षा विभागले पौडी खेल्न जाँदा अपनाउनु पर्ने सावधानीका उपाय नअपनाउँदा यस्ता खालका दुर्घटना हुने गर्दछन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले एक हप्तामा अष्ट्रेलियाको नेपाली समुदायले दुई ऊर्जावान् युवा गुमाउनु दुःखद भएको बताए। उनले यस्ता खालका प्राकृतिक घटनालाई रोक्न नसके पनि केही हदसम्म भने न्यूनीकरण गर्न सकिने बताए। उनले यसका लागि नेपाली समुदायलाई सूचनाको माध्यमाबाट सचेत गराउनुका साथै सम्भावित दुर्घटनाबाट बच्ने उपाएका बारेमा जानकारी गराउन आवश्यक रहेको बताए। उनले एनआरएनले अष्ट्रेलियाले नपाली समुदायमा हुने यस्ता खालका दुर्घटना न्यूनीकरणका लागि कार्य गरिरहेको भन्दै यसमा नेपाल सरकारले पनि ध्यान दिनु पर्ने बताए।

उनले स्वर्गीय रूपक थापा र मनिष गुप्ताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

यदी तपाई पनि गर्मी छल्न पौडिन समुन्द्र, वा तलाउ खोलामा जाँदै हुनुहुन्छ भने तल दिएका उपाए अपनाउनु भयो भने सम्भावित दुर्घटनाबा बच्न सकिन्छः
–समुद्री तटको किनारामा राखिएका सूचना र चिन्हका बारेमा राम्ररी अध्यान गरेर मात्र पानीमा पस्ने।
–सधैं रातो र पहेंलो झण्डाको बीचमा मात्र पौडी खेल्ने।
–पौडिनु अघि लाइफगार्ड र लाइफ सेभरहरुसँग सुरक्षा सम्बन्धी आवश्यक परामर्श लिने।
– एक्लै पौडी खेल्न नजाने।
– केही गरि पानीमा डुबिहाले नआत्तिएर टाउको भन्दा माथि हात उठाएर लाइफगार्ड वा अरु व्यक्तिको ध्यान तान्न कोशिस गर्ने।
– मादक पदार्थ सेवन गरेर पौडी खेल्न नजाने।