मेलबर्न अष्ट्रेलिया । लोकरक ब्याण्ड नेपथ्य अष्ट्रेलिया आइपुगेको छ। जनवरी २५ (माघ ११) सुरु हुने कन्सर्टमा सहभागि हुन नेपथ्य अष्ट्रेलिया आइपुगेको हो। नेपथ्यले अष्ट्रेलियाका आठ सहरमा कन्सर्ट गर्दैछ। १३ सदस्यीय टोली शनिबार आइपुगेको नेपथ्यको यो पाँचौ पटक अष्ट्रेलिया सांगीतिक यात्रा हो। नेपथ्यले आगामी जनवरी २५ मा डार्विनमा पहिलो कन्सर्ट गर्दै यो पटकको अष्ट्रेलिया यात्रा सुरू…