होबार्ट, अष्ट्रेलिया ।
नेपाली सोसाइटी अफ तास्मानियाले आयोजना गरेको ‘होली रे २०७९’ भव्यरुपमा सम्पन्न भएको छ । सोसाइटीले शनिबार टोलोसा पार्क ग्लेनोर्कीमा गरेको कार्यक्रममा तास्मानियाको हाबार्टमा रहेका नेपालीवासीहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रम दिउँसो १ बजेबाट सुरु भएर बेलुका ६ः३० मा चलेको थियो ।
होली विषेश कार्यक्रममा विभिन्न रंगमा सजिएर एक आपसमा खुसी साटासाट गरेका देखिन्थ्यो । उक्त कार्यक्रममा नेपालबाट आएका अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो भने साना साना नानीहरु रंग खेलेर रमाइरहेका देखिन्थ्ये । जुन एक दमै हेर्न लायकको दृश्य थियो ।
कार्यक्रममा दोस्रो पुस्ताको रुपमा अष्ट्रेलियामा जन्मिएकी एमी डुम्रेले आफुलाई रंग मनपर्ने र यसरी होली खेल्ने पाएकोमा खुसी भएको बताइन् । उक्त कार्यक्रममा डिजे विक्कीले आफ्नो पिट्सहरु प्रस्तुत गरेका थिए । विक्कीसँगै सबैजना नाचगान गर्दै रमाइरहेका देखिन्थे । कार्यक्रममा ताजा फुड र घुम्ती अन ह्वील्सले सहभागीलाई स्वास्थ्य वर्दक मिठो खाना पस्की रहेको थियो ।
विदेशी भूमीमा रहेर पनि नेपालको भाषा, सस्कृर्ति, कला साहित्य र चाडपर्वलाई जगेर्ना गर्दै सोसाइटीले विगत लामो समयदेखि कार्य गरिरहेको छ । होली रे २०७९ लाई भव्यताका साथ सम्पन्न गराउन सहयोग गर्ने होबार्टवासी नेपाली दाजुभाइ दिदीबहिनी सोसाइटीका अध्यक्ष तोयाराज भट्टराईले धन्यवाद दिएका छन् ।
तस्बिरः मिलन पौडेल
प्रतिक्रिया