सर्वाधिक १ करोड पुरस्कार राशिको ‘रियालिटी शो’ को अडिसन अष्ट्रेलियामा हुँदै

सर्वाधिक १ करोड पुरस्कार राशिको ‘रियालिटी शो’ को अडिसन अष्ट्रेलियामा हुँदै


मेलबर्न अष्ट्रेलिया ।

विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स रियालिटी शो सञ्चालन भइरहेको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजना गरेको दुवै शोको को अहिले विभिन्न देशमा अडिसन चलिरहेको छ ।

जसअन्तर्गत यही २० मार्चबाट अस्ट्रेलियाको पाराभिल्लाको प्यारामाटा प्याम्पल स्ट्रिटमा दुबै रियालिटी शोको अडिसन हुने भएको छ । अस्ट्रेलियामा हुने अडिसनकालागि नेपाली नायक दिलिप रायमाझी आउने रियालिटि शोका अस्ट्रेलिया सयोंजक विजयजगं थापाले जानकारी दिए ।

रियालिटी शोको अडिसनका लागि सबै तयारी पुरा भएको उनले जानकारी दिए । अस्ट्रेलियाका विभिन्न राज्यमा रहेका प्रतिभाहरुको सहभागीता रहने अडिसनबाट उत्कृष्ट ५ प्रतिस्पर्धी छनौट गरी फाइनल प्रतिस्पर्धाका लागि नेपाल पठाइने उनले बताए । यसअघि क्यानडा, अमेरीका, दुबई र थाईल्याण्डमा अडिसन सम्पन्न गरेको रियालिटी शोको नेपालमा पनि केही दिन भित्र अडिसन खुल्ला गरिँदै छ ।

फाउण्डेसनले दुवै प्रतियोगिताका लागि प्रतियोगीको उमेर १८ वर्ष पुगेको हुनुपर्ने, अडिसनको समयमा अडिसनस्थलमा नै प्रतियोगीको उमेर खुलेको आधिकारिक परिचयपत्र देखाउनु पर्ने, दुवै प्रतियोगिताका प्रत्येक इपिसोड नेपाली संस्कृति र राष्ट्रिय भावनाको प्रस्तुतिबाट सुरुआत गरिने र प्रत्येक इपिसोडमा नेपाली कला र सांस्कृतिक क्षेत्रका बरिष्ठ व्यक्तित्व एवं कलाकारको सम्मान गरिने छ।

अडिसनबाट छनोटमा परी अमेरिका, क्यानडा, युरोप, थाइल्याण्ड, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्सको दुबई र भारतबाट प्रस्तुतिका लागि नेपाल जान पाउने सबै प्रतियोगीको यात्रा खर्च फाउण्डेशनले नै भुक्तानी दिने र टप ४० भित्र पर्ने प्रतियोगीका लागि खाना र होटल खर्चको व्यवस्था गरिने र नेपाल र भारतबाहेकका अरु देशबाट प्रतियोगिताका लागि नेपाल जाने प्रतिस्पर्धीका लागि आवासको व्यवस्था पनि गरिने आयोजकले जनाएको छ ।