एनटीएसएको साधारण सभा सम्पन्न, अध्यक्षमा सापकोटा निर्वाचित

एनटीएसएको साधारण सभा सम्पन्न, अध्यक्षमा सापकोटा निर्वाचित


होबार्ट, तास्मानिया ।

नेप्लिज स्पोर्टस एसोसियशन अफ तास्मानियाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज (शनिबार) होबार्टस्थित नेपाली सोसाइटी अफ तास्मानियाको कार्यालयमा सम्पन्न भएको साधारण सभाले विष्णु सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । दोस्रो कार्यकालका लागि पुनः सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन् । 

सापकोटा नेतृत्वको कार्यसमितिमा उपाध्यक्ष संजिव खड्का, सचिव सुरज श्रेष्ठ, कोषाध्यक्ष भोला श्रेष्ठ, प्रवक्ता हरी गोतामे र सदस्यमा पियुस जोशी, इलिजा पंगेनी, अविरल जोशी, सहज बाटाजो सुदिन घिमिरे रहेका छन् । समितिको सल्लाहकारमा नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष तोयाराज भट्टराई र टिएनसीएका अध्यक्ष बाबु न्यौपाने रहेका छन् । 

एनटीएसएले तास्मानियामा रहेका विभिन्न खेलकुदका संघ–सस्थाहरुसँग मिलेर कार्य गर्दै आएको छ । एनटीएसएले यहाँको राज्य सरकारसँग मिलेर खेलकुदका क्षेत्रमा कार्य गर्ने र खेलकुदको माध्यामबाट सबैलाई एकीकृत गर्ने नवनिर्वाचित अध्यक्ष सापकोटाले प्रतिबद्धता जनाए । 

निर्वाचन समितिको जिम्मेवारी तोयाराज भट्टराईले निभाएका थिए ।