ब्रिस्वेन, अष्ट्रेलिया ।
नेपाली पाठशालाको सहयोगर्थ कास्की समाज अष्ट्रेलियाले नेपाली नयाँ वर्षको अवसरमा क्वीन्सल्याण्डमा ‘शुभकामना साँझ नयाँ वर्ष २०२३’ अर्थात (नेपाली नयाँ वर्ष वि.स. २०८०) को आयोजना गर्ने भएको छ । कार्यक्रमको सहआयोजक नेपाली एसोसियसन अफ क्वीन्सल्याण्ड रहेको छ।
उक्त कार्यक्रममा वरिष्ठकलाकार हरिवंश आचार्य गायक हिमाल सागर, गायिकाद्वय टिका प्रसाईँ, एन्जिला रेग्मी र मिस नेपाल मलिना जोशी सहभागी हुने कास्की समाज क्वीन्सल्याण्डका अध्यक्ष टिका भुर्तेलले केबीसीलाई जानकारी दिए ।
परोपकारी उदेश्यकासाथ आयोजना गरिएको उक्त कार्यक्रमलाई गैर आवासीय नेपाली संघ (एनआरएन) क्वीन्सल्याण्डको साथ रहेको छ । उक्त कार्यक्रममा हिमाल सागर, एन्जिला रेग्मी, टिका प्रसाईँ र मलिना जोशीको विषेश प्रस्तुति रहनेछ । कार्यक्रमबाट संकलित रकम नेपाली पाठशाला ब्रिस्बेन, क्वीन्सल्याण्ड र अन्य सामुदायिक कार्यमा खर्च गरिने अध्यक्ष भुर्तेलले बताए ।
हुर्किदै गरेको पछिल्लो नेपाली पुस्तालाई आफ्नो भाषा संस्कृति बुझ्न त्यसको प्रवर्द्धन गर्ने उदेश्यका साथ ब्रिसबेनका धेरै ठाउँमा नेपाली पाठशाला संचालन गरिएको भन्दै नेपाली पाठशालाको संरक्षण र प्रर्वद्धन गर्ने आफ्नो मुल दायित्व भएको पाठशालाका अध्यक्ष गोविन्द बरालले बताए ।
गाला डिनरमा सहभागी जोडीलाई ९० अष्ट्रेलियन डलर र एकल आउनेलाई ५० अष्ट्रेलियन डलर तोकिएको अध्यक्ष भुर्तेलले जानकारी दिए । साथै पाँच वर्ष मुनीका बालबालिकालाई डिनर फ्रि गरिएको उनले बताए । कार्यक्रममा तीन सय वढी दर्शकको सहभागीता रहने अनुमान गरिएको छ ।
समाजले कार्यक्रमलाई प्रायोजन गरेर बालबालिकाहरूलाई नेपाली भाषा सिक्न, नेपाली सम्पदाको संरक्षण गर्न सिकाउने यस महान कार्यमा हातेमालो गर्न सबै ब्रिस्वेनवासी नेपाली व्यवसायीलाई आग्रह गरेको छ । साथै उक्त नेपाली नयाँ वर्षको अवसरमामा आयोजना गरेको कार्यक्रममा आफ्नो गरिमामय उपस्थिति जनाएर सहयोग गरिदिन कास्की समाजले अनुरोधसमेत गरेको छ ।
‘यस कार्यक्रमलाई सहयोग गर्ने तपाईंको दयालु विचार क्विन्सल्याण्डमा बसोबास गर्ने तमाम नेपाली समुदायका सदस्यले सराहना गर्ने छ।’
कार्यक्रम हुने स्थान र समय
स्थानः स्ट्राथपाइन सामुदायिक केन्द्र स्ट्राथपाइन
समयः अप्रिल ६ तारिख (बिहीबार)
प्रतिक्रिया