अस्ट्रेलियामा २ हेलिकप्टर जुध्दा ४ जनाको मृत्यु, दुईको अवस्था गम्भीर

मेलबर्न, अस्ट्रेलिया । अस्ट्रेलियाको गोल्ड कोस्टमा सोमवार दुईवटा हेलिकप्टर जुध्दा कम्तीमा चारजनाको मृत्यु भएको छ । थप दुईजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । आपतकालीन सेवाप्रदायकहरूले १३ जनालाई उपचारका लागि लगेका छन् । सी वर्ल्ड रिजोर्ट नजिक ती दुई हेलिकप्टर आकाशमै जुधेका हुन् । एउटा हेलिकप्टर उड्न लाग्दा अनि अर्को अवतरण गर्न लाग्दा दुर्घटना भएको…