नेपाल एयरलाइन्सले पायो सिड्नी एयरपोर्टको अनुमति, साताको दुई पटक उडान भर्ने

नेपाल एयरलाइन्सले पायो सिड्नी एयरपोर्टको अनुमति, साताको दुई पटक उडान भर्ने


मेलबर्न अष्ट्रेलिया । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी उडानको अनुमति पाएको छ । सिड्नी एयरपोर्टले बिहीबार र शनिबार निर्धारित गरी हप्तामा दुई उडानका लागि अनुमति दिएको हो । 

निगमले उडान स्वीकृतिका लागि आवश्यक विवरण अस्ट्रेलियन सिभिल एभिएसनलाई बुझाएको बताइएको छ। एयरलाइन्सले सिङ्गापुरको ट्रान्जिटमा काठमाडौँदेखि सिड्नी उडान गर्ने एभियन थ्रस्टले जनाएको छ । 

निगमले हाल यात्रु सेवाका लागि जनरल सेल्स एजेन्ट (जिएसए) र खानपान कम्पनीहरू र सिंगापुर र सिड्नी एयरपोर्टहरूका लागि इन्धन आपूर्तिकर्ता र मेन्टेनन्स, मर्मत र ओभरहाल (एमआरओ) प्रदायकहरू छनौटको कार्य गरिरहेको छ। 

नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नीमा वाइडबडी विमान उडाउने तयारी गरिरहेको छ ।

यस अघि अष्ट्रेलिया र नेपालबीच सिधा हवाई उडानका लागि नेपाली दूतावास क्यानबेराले नेपाल एयरलाईन्सको नाम पठाएको थियो।