मेलबर्न, अष्ट्रेलिया । नेपालबाट आफ्ना सन्तानलाई भेट्न अष्ट्रेलिया आएका अभिभावकहरुलाई चितवन समाज भिक्टोरियाले विभिन्न मन्दिरको भ्रमण गराएको छ । आईतबार मेलबर्नमा उनीहरुलाई मन्दिर, पार्क लगायतमा लगी एक आपसमा भेटघाट र रमाइलो गर्ने वातावरण मिलाइएको थियो । चितवन समाज भिक्टोरियाका अध्यक्ष विपुल ज्ञवालीका अनुसार १ सय ७० भन्दा बढी अभिभावकहरु यो कार्यक्रममा सहभागी भए । संस्थाले…