मेलबर्न अष्ट्रेलिया ।
अस्ट्रेलियाको गोल्ड कोस्ट सहरले पनि सन् २०२६–२७ को कमनवेल्थ गेम्स आयोजना नगर्ने निर्णय गरेको छ। राज्य तथा संघीय सरकारबाट समर्थन नपाएपछि गोल्ड कोस्टले पनि कमनवेल्थ गेम्स आयोजना गर्ने प्रस्तावबाट पछि हटेको रोयटर्सले जनाएको छ।
गोल्ड कोस्टका मेयर टम टेटले कमनवेल्थ गेम्स आयोजना गर्नको लागि ७ सय मिलियन डलरको प्रस्ताव अघि नबढाउने जनाएका हुन्। यसअघि अस्ट्रेलियाकै भिक्टोरिया सरकारले कमवेल्थ गेम्स आयोजना गर्न नसक्ने जनाएको थियो।
प्रतिक्रिया