आफनो अधिकारको आवाज उठाउनुहोस् : नेपाली सोसाइटी अफ तास्मानिया

आफनो अधिकारको आवाज उठाउनुहोस् : नेपाली सोसाइटी अफ तास्मानिया


होबार्ट तास्मानिया ।

नेपाली सोसाइटी अफ तास्मानियाले कम्युनिटी इन्फरमेसन अन एन्टी डिस्क्रिमिनेसन सबन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ। सोसाइटीले इक्वाइल अपर्चुनेटी अफ तास्मानिया र माइग्रेन्ट रिसोर्स सेन्टरको सहकार्यमा डिसेम्बर १५ तारिख शुक्रबारका दिन होबार्टस्थित मोहनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो। 

अष्ट्रेलियामा पछिल्लो समय नेपाली समुदाय लगायत बहुसास्कृति समाजमाथि भएको दुर्ब्यबहार र भौतिक आक्रमण बढ्दै गएको अवस्थामा कम्युनिटी इन्फरमेसन अन डिस्क्रिमिनेसन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको सोसाइटीका अध्यक्ष संसारराज चिमोरियाले जानकारी दिए।

केबीसी खबरसँग कुरा गर्दै अध्यक्ष चिमोरियाले भने, स्थानीय समुदायबाट बहुसांस्कृतिक समाजमाथि हुने गरेका विभिन्न हिंसाका बारेमा खुलेर चर्चा गरिने छ। त्यस्ता हिंसामा परेकालाई संघ संस्थाले कस्तो खालको सहयोग गर्ने सक्छ। आफूमाथि भएको दुर्ब्यबहारका बारेमा कस्तो कानुनी बाटोमा जाँदा राम्रो हुन्छ। एन्टी डिस्क्रिमिनेसन भनेको के हो भन्ने बारेमा कार्यक्रममा चर्चा गरिने छ। उक्त कार्यक्रममा तीन वटै संघ संस्थाको काम कर्तव्य र विगतमा गरेका कामका बारेमा संस्थाका प्रतिनिधिले प्रस्तुतीकरण दिनेछन्। 

कार्यक्रममा ग्लोनर्की पोलिस स्टेसनका इनेस्पेक्टर जिम्सीमेन्ससँग प्रश्न उत्तर गर्न सकिने उनले बताए। प्रश्न राख्दा व्यक्तिगत घटना भन्दा पनि सामूहिक घटनाको प्रतिनिधित्व हुने तरिकाले सोध्न सकिने अध्यक्ष चिमोरियाको भनाइ छ। प्रहरीले चासो नदिएको पुराना घटनामा पनि सोध्न सकिने उनले बताए। 

सोसाइटीले इक्वाइल अपर्चुनेटी अफ तास्मानियाले यहाँ बस्ने बहुसंस्कृतिक समुदायलाई समान अवसर पाउने पर्ने पक्षमा वकालत गर्दै आएको छ। कम्युनिट मेम्बरलाई कसरी सहयोग गर्न सक्छ। आफूमाथि भएको दुर्ब्यबहारलाई कसरी रिपोर्ट गर्ने। सबै रिपोर्ट लिएपछि उनीहरूले केसलाई अगाडि बढाउँछ। सोसाइटीले इक्वाइल अपर्चुनेटी अफ तास्मानियाले मुद्दा आफै लडिदिनेदेखि वकिल लगाउने सम्म काम गर्दछ। 

माइग्रेसन सर्भिसले पीडितलाई कस्तो सेवा दिन्छ भन्ने बारेमा पनि कार्यक्रममा जानकारी गराइने छ। पीडितलाई माइग्रेसन सर्भिसले मेन्टल हेल्थलगायतका सेवाहरु दिने गर्दछ। 

केही दिन यता तास्मानियामा धेरै बहुसंस्कृतिक समुदायका व्यक्तिमाथि आक्रमण, तथा दुर्ब्यबहार भएकाले यो कार्यक्रमको आयोजना गर्न परेको अध्यक्ष चिमोरियाले बताएका छन्। ‘तस्मानियामा नेपाली समुदायका व्यक्तिलाई दिउँसै आक्रमण गर्ने नेपालीले संचालन गरेका व्यवसायमा तोडफोड गर्ने जस्ता अपराधिक क्रियाकलापबाट यहाँ बसोबास गर्ने नेपालीलाई असुरक्षाको महसुस भएपछि हामीले कार्यक्रमको आयोजना गरेका हौँ। पुलिसलाई खबर गर्दा पनि खासै अनुसन्धान नभएको देखियो। यस्ता घटनाका विरुद्ध नेपाली सोसाइटी तास्मानिया छ भनेर देखाउन खोजेका छौँ,’ उनले भने। 

उनले तास्मानिया वासी बहुसंस्कृतिक समुदायका व्यक्तिलाई कार्यक्रममा उपस्थिति भएर निःशुल्क परामर्श लिन पनि आग्रह गरेका छ। तास्मानियामा पहिलो पटक हुन लागेको कार्यक्रममा आफूले भोग्नु परेको दुर्ब्यबहार खुलेर राख्न पनि उनले अनुरोध गरेका छन्।