अष्ट्रेलियाद्वारा अमेरिकी सङ्ग्रहालयबाट स्वदेशी अवशेष फिर्ताको स्वागत

अष्ट्रेलियाद्वारा अमेरिकी सङ्ग्रहालयबाट स्वदेशी अवशेष फिर्ताको स्वागत


मेलबर्न अष्ट्रेलिया ।

अस्ट्रेलियाले अमेरिकी स्मिथसोनियन राष्ट्रिय प्राकृतिक इतिहास सङ्ग्रहालयबाट स्वदेशी अवशेषहरू फिर्ता ल्याउने कामलाई स्वागत गरेको छ। वासिङ्टन डिसीस्थित सङ्ग्रहालयबाट १४ स्वदेशी पुर्खाहरूको अवशेष अस्ट्रेलिया फर्काइएको अस्ट्रेलियाली आदिवासीमन्त्री लिन्डा बर्नी र कलामन्त्री टोनी बर्कले संयुक्त विज्ञप्तिमा बताएका छन्।

पुर्खामा सात भिक्टोरिया, पश्चिमी अस्ट्रेलिया र दक्षिण अस्ट्रेलिया राज्यमा उनीहरूको सम्बन्धित परम्परागत संरक्षकहरूलाई फिर्ता गरिने छ र पाँचलाई सरकारको नेतृत्वमा उनीहरूको गृहराज्यमा फिर्ता गरिने छ। अन्य दुई भिक्टोरियाको एक समुदायलाई दिइने छ।

अस्ट्रेलियाली सरकारका अनुसार सन् १९९० पछि एक हजार सात सय स्वदेशी अस्ट्रेलियाली मानिसहरूको अवशेष विश्वभरका संस्थान र सङ्कलनहरूबाट फिर्ता ल्याइएको छ।

शुक्रबारको स्वदेश फिर्ता सन् २००८ पछि स्मिथसोनियन राष्ट्रिय प्राकृतिक इतिहास सङ्ग्रहालयबाट अस्ट्रेलियामा स्वदेशी अवशेषको चौथो फिर्ती हो। अस्ट्रेलिया सरकारले विश्वभरबाट पैतृक अवशेष र सांस्कृतिक विरासत सामग्री फिर्ताको निगरानी गर्न सन् २०१२ मा आदिवासी प्रत्यर्पणका लागि सल्लाहकार समिति गठन गरेको छ।