मेलबर्न, अष्ट्रेलिया । नेपालको सुदूरपश्चिम क्षेत्रमा बसोबास गर्ने हाल भिक्टोरिया निवासीहरूको सामाजिक संस्था फार वेष्टर्न नेप्लीज सोसाईटी अफ भिक्टोरियाले 'अष्ट्रेलिया डे' विभिन्न कार्यक्रम गरी मनाएको छ। भिक्टोरिया सरकारको आर्थिक अनुदानमा आयोजना गरिएको कार्यक्रम मेलबर्नको कोबर्ग लेक पार्कमा गरिएको थियो। बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चलेको कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिका साथै बार्बिक्यू लगायत खाना वितरण…