ब्रिसबेन, अष्ट्रेलिया ।
अष्ट्रेलियाको फार्महरुमा अवैध कामदारको खोजीमा यहाँको बोर्डर फोर्सले तीन दिने अपरेसन चलाएको छ । जसमा कैयौं गैरकानूनी कार्यहरुको प्रमाण पाएको बोर्डर फोर्सले जनाएको छ । बोर्डर फोर्सले स्थानीय प्रहरी समेतको सहयोगमा २० भन्दा बढी व्यवसायिक संस्थाहरुमा भ्रमण गरेको थियो । एविएफका अनुसार उसले मुख्यत यी ठाउँमा कानूनी रुपमा कामदारहरुले सेवा सुविधा प्राप्त गरे नगरेको, उनीहरुको काम गर्ने अधिकार लगायतमा केन्द्रित भएर छानविन गरेको थियो ।
यस क्रममा कैयौं ठाउँमा काम गर्ने अधिकार नै नभएका व्यक्तिहरुलाई गैरकानूनी रुपमा काममा लगाएको पाइएको थियो ।
एविएफले भनेको छ, यस क्रममा तीन जना गैरकानूनी कामदार फेला परेका छन् । उनीहरु कार्यस्थलमा नै बसोबास गरेको समेत पाईको थियो । यसमध्ये एकजनालाई तत्कालै देश निकालाको प्रक्रिया थालिएको थियो भने दुई जनालाई ब्रिजिंग भिसा दिएर आफैं देश छोड्न आदेश दिईको थियो । यस्तो गैरकानूनी कार्यमा संलग्न भएका व्यवसायिक संस्थाहरुलाई जरिवाना समेत तिराइएको छ ।
प्रहरी अधिकारी मिलाटी स्मीथले क्रेन्समा गरिएको अपरेसनले यस्तो कार्य अन्त पनि भएको हुनसक्ने सम्भावना देखाएको छ । र, अनुगमनलाई अझै बढाउनुपर्ने आव्श्यकता भएको बताएका छन् ।
प्रतिक्रिया