अस्ट्रेलियाको संघीय निर्वाचन आज हुँदैछ । यस निर्वाचनमा १५० सिटको प्रतिनिधि सभा र ७६ सिटको सेनेटको चुनाव हुनेछ। राति सबै राज्यमा चुनाव सकिएपछि मतगणना सुरु गरिनेछ भने आज नै परिणाम आइसक्नेछ । प्रधानमन्त्री एन्थनी अल्बानीजको नेतृत्वमा लेबर पार्टी दोस्रो कार्यकालका लागि भोट माग्दै मतदाताकोमा गएको छ भने विपक्षी नेता पीटर डटनको नेतृत्वमा लिबरल नेशनल गठबन्धन सरकार फर्किनका लागि प्रयासरत छ । यस्तै ग्रीन्स पार्टी, क्याटर्स अष्ट्रेलियन पार्टी तथा स्वतन्त्र उम्मेद्वारहरुले यस पटकको प्रतिस्पर्धालाई रोचक बनाएका छन् । अस्ट्रेलियामा १८ वर्ष वा सोभन्दा माथिका सबै नागरिकलाई मतदान अनिवार्य छ। २०२५ को संघीय निर्वाचनमा १८,०९८,७९७ मतदाता दर्ता भएका छन् ।
यस्तो छ ईतिहास
अस्ट्रेलिया सन् १९०१ मा ६ वटा उपनिवेशहरू एकीकृत भई कमनवेल्थ अफ अष्ट्रेलिया बनेपछि पहिलो संघीय निर्वाचन सम्पन्न भएको थियो । जसबाट पहिलो प्रधानमन्त्रीका रुपमा एडमण्ड बार्टन सत्तामा आएका थिए । लेबर पार्टीको स्थापनापछि १९०४ मा क्रिस वाटसनको नेतृत्वमा पहिलो लबेर प्रधानमन्त्री बनेका थिए । यस्तै १९४४ मा रबर्ट मेन्जिजले लिबरल पार्टीको स्थापना गरेपछि उनी १९३९ देखि १९४१ सम्म र १९४९ देखि १९६६ सम्म प्रधानमन्त्री बनेका थिए ।

अष्ट्रेलियाको निर्वाचनमा अहिलेसम्म एकमात्र महिला प्रधानमन्त्री भएका छन छन् जसमा जुलिया गिलार्डको नाम आउँछ । उनी लेबर पार्टीको तर्फबाट प्रधानमन्त्री बनेकी हुन् । अष्ट्रेलियामा निर्वाचनको ईतिहास हेर्ने हो भने सन् १९०२ देखि मात्रै महिलाहरुलाई मतदानको अधिकार दिइएको थियो । त्यसको धेरै पछि अर्थात् १९६२ मा आएर मात्र यहाँका आदिवासीहरुलाई पनि मतदानको अधिकार प्रदान गरिएको थियो ।
अष्ट्रेलियाको संघीय निर्वाचनमा लिबरल पार्टीको तर्फबाट दुईजना उम्मेद्वार हालसम्म देखिएका छन् । सन् २०१९ को संघीय निर्वाचनमा प्रमेश श्रेष्ठले न्यूसाउथवेल्सको बार्टन क्षेत्रबाट उम्मेद्वारी दिएका थिए भने विनोद पौडेलले अहिलेको निर्वाचनमा पनि म्याकार्थर क्षेत्रबाट उम्मेद्वारी दिएका छन् । उनी यसअघि पनि सोही क्षेत्रमा उठेर पराजित भएका थिए ।

तीन वर्षको लागि हुने निर्वाचनमा राजनीतिक दलहरुले निर्वाचन प्रचार प्रसार र विभिन्न कार्यक्रम आयोजना गर्नका लागि गर्ने खर्च चन्दा मार्फत आउने गर्दछ । अघिल्लो चुनावमा लिबरल पार्टी जो त्यतिबेला सत्तामा थियो उसले १ सय ३२ मिलियन डलर खर्च गरेको यिो भने लेबर पार्टीले १ सय १६ मिलियन डलरको खर्चमा नै चुनावी जीत हासिल गरको थियो । यस्तै युनाईटेड अष्ट्रेलिया पार्टीले १ सय १७ मिलियन डलर एउटै कम्पनीबाट चन्दा पाएको थियो । उसले चुनावमा कूल १ सय २३ मिलियन डलर खर्च गरेको रेकर्ड छ । पार्टीहरुले प्राप्त गर्ने प्रत्यक्ष चन्दाबाहेक सार्वजनिक चन्दा पनि पाउने गर्दछन् जसलाई दलहरुले प्राप्त गरेको मतको आधारमा वितरण गरिन्छ । जस अनुसार अघिल्लो चुनावमा १७ करोड ८७ लाख ६ हजार ९ सय ४४ डलर चन्दा प्राप्त भएको थियो । जसमा दलहरुले ७३ करोड ९८ लाख ४ हजार ७ सय ४८ पाएका थिए भने स्वतन्त्र उम्मेद्वारहरुले १८ लाख ९२ हजार १ सय ९६ डलर प्राप्त गरेका थिए ।
प्रतिक्रिया