तास्मानिया, अष्ट्रेलिया । लोकप्रिय नेपाली लोक(रक ब्याण्ड कन्दरा ले आफ्नो अष्ट्रेलिया यात्रा २०२५ को चौथो श्रृङ्खला तास्मानियाको राजधानी होबार्टमा भव्य रूपमा सम्पन्न गरेको छ। नेपाल फेस्टिभल २०२५ को विशेष सांगीतिक प्रस्तुति अन्तर्गत आयोजना गरिएको यो कन्सर्ट होबार्टका नेपाली संगीतप्रेमीहरूका लागि एक ऐतिहासिक क्षण सावित भयो। कार्यक्रमको मुख्य आकर्षण कन्दराका कालजयी लोकपप गीतहरू थिए, जसले दर्शकहरूको…