नेपालकी नयाँ प्रधानमन्त्री नियुक्तिलाई अष्ट्रेलियाले गर्यो स्वागत !

नेपालकी नयाँ प्रधानमन्त्री नियुक्तिलाई अष्ट्रेलियाले गर्यो स्वागत !



मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाले हालै नियुक्त हुनुभएकी प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिलाई स्वागत गरेको छ । यो कदमलाई विगत सातामा भएका कठीन परिस्थिति सम्हाल्ने कदमका रुपमा उसले लिएको छ ।

एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलियन विदेशमन्त्री पेनी वोंगले शान्तिपूर्ण, जिम्मेवार र समावेशी चुनावतर्फ देशलाई लैजान संयम र धैर्यताका साथ अघि बढ्ने अपेक्षा पनि गरिएको छ । नेपालको लामो समयको मित्रदेशका रुपमा नेपाली जनताका साथ र समर्थनमा सदैव रहेको पनि उनले स्पष्ट पारेकी छिन् ।