नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्वअध्यक्षको बकपत्र !

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्वअध्यक्षको बकपत्र !


सुरेश पोखरेल नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्वअध्यक्ष हुन् । कुनैपनि राजनीतिक, सामाजिक या वैचारिक विषयमा स्पष्ट धारणा राख्ने पोखरेलले नेपालमा पछिल्लो समय भएको घटनक्रमको विश्लेषण गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । यतिबेला यसले अर्कोलाई, अर्कोले यसलाई दोष लगाउने क्रम छ । आफ्नै विगतमा आस्था भएका राजनीतिक दलहरुमा पनि यो ब्लेम गेम चलिरहेको छ । आफ्नो नेतालाई सुधार्न नसक्ने, विकृतिलाई ढाकछोप गर्ने अनि बाहिर आएर महान पल्टिने जमात पनि हामीले नदेखेको होइन । अर्को जमात पनि छ । हिंसा हुँदै गर्दा लौन त्यसलाई ठोक, मार, घिसार भन्नेहरु स्वयं हिजोका दिनमा तिनको आशिर्वादले पद र प्रतिष्ठा कमाएकाहरु पनि छन् । अष्ट्रेलियामा यतिबेला सुरेश पोखरेलको विचारले सुधार आफैंबाट गर्न जोड दिन्छ, आत्मासमिक्षाको नयाँ पाटो उजागर गर्छ । प्रस्तुत छ उनको विचार –

सुरेश पोखरेल –

नेपालमा हालै जे विध्वंस भयो- जेनजीको नाउमा भएको विरोध प्रदर्शनमा अघिल्लो दिनमा भएको १९ जना कलिला नानीहरूको पाशविक हत्या जसमा हालसम्म ५० जनाको ज्यान गइसकेको छ र दोस्रो दिन भएको अकल्पनीय विध्वंस- यो परिस्थिति आइपुग्न कहि न कहिं अधिकांश हामी सवै दोषी छौं।

राजनीतिमा झुकाव र संलग्न भएका म जस्ता हिजो या आज पनि कुनै पद वा भुमिकामा रहँदा कहिं न कहिं चुकेका छौं। पार्टीका शिर्ष नेतृत्वमा रहेकाहरु, उदाहरणको लागि शेर वहादुर देउवा केपी वली र प्रचन्ड वढि जिम्मेवार छन् नै, तर माधव, वावुराम, झलनाथ वा सवै पार्टीका (अब नया पार्टी बाँकी रहेनन्), राप्रपा, रास्वपा लगाएतका, पहिलो पुष्ताका मात्र होइन युवा भनिएका पुस्ता पनि, यो विध्वंसको भागिदार हुन्।

म कांग्रेसको कृयाशिल सदस्य हुँ र छु। नेपालमा रहँदा पनि कांग्रेस सम्वन्धित राजनीतिको र पेशागत संगठनको र अष्ट्रेलियामा रहँदा नेपाली जन सम्पर्क समिति को अध्यक्षको भुमिका निर्वाह गर्दैगर्दा कहिं न कहिं थ‍ोरै अंशमा भएपनि चुकेको छु। गलत प्रकृया र परिपाटीको भाग भएको छु। जेनजीको विरोध प्रदर्शनमा दोस्रो दिन भएको विध्वंस शेर बहादुर,केपी वली वा प्रचन्डको विरोधमा मात्र पोखिएको आक्रोश होइन, यो पछिल्लो पुस्ताको समग्र समाज प्रतिको वितृष्णा हो। हामी सवैप्रतिको घृणा रआक्रोश हो।त्यसमा हामी जो जे सुकै भुमिकामा रह्यौं, राजनीतिक वा सामाजिक, कर्मचारी, शिक्षक, डाक्टर, प्राध्यापक, इन्जिनियर, कानुन व्यवसायी, हामी सवै दोषी छौं। हामी नेपो वेवी´ नभए पनिनेपो इन्डिभिजुयल´ पक्कै हौं। i am with gen-z भनेर फेसवुक वा सोसल मिडिया विज्ञापनमा तछाड मछाडमा उत्रनु भएको मैले चिनेका अधिकांश नेपाल वा विदेशमा रहनु भएका नेता, सामाजिक अभियन्ता, कर्मचारी वा पेशामा रहनु भएका आफन्ति र साथीभाइ वा चिनजानकाहरु, मलाई थाहा छ, तपाईहरु पनि नेपालका राजनीति यस्तो बन्नुमा, नेताहरु भ्रष्ट हुनुमा, र समाज यसरी अपराधी हुनुमा कारक हुनुहुन्छ।

तपाई हामी सवै ती भिडियोमा देखिएकी आमा ( जेनजी पुस्ताकी ममी) हौं, जो भाटभटेनी तोडफोडमा छोरालाई चोरेको सामान वोकाएर भिडमा वसेर नेता चोर भनेर नारा लगाउँदै थिइन्। एउटा कुरा के निस्चित हो भने, सायद केपी, शेर वहादुर र प्रचन्ड पुस्ताको राजनीति सकियो होला, समाज अब उनिहरुको कुकृत्यवाट त अब पक्कै वच्ला, तर अस्तिको दर्दनाक र सर्मनाक घटना पछि पनि तपाई हामीले आफुलाई हालको नेपाल र नेपाली समाज यस्तो बन्नुमा थाेरै भएपनि कारक हुँ भन्ने महशुस गरेनौं भने, प्रायश्चित गरेनौं भने, आफ्नो अनुहारको हिलो पुछेनौ भने, भोलि कोरस्नको लागि न त देश बाँकी रहने छ, सराप्नको लागि न त नेता।

अब अति भयो। देश वा समाज कसैले आएर बनाइदिने होइन, हामी आफै समाज हौं। हामी नसुध्रिए सम्म निश्चित छ, नेता- शेर वहादुर, केपी, प्रचन्ड, रवि, छवि जो आएपनि, सुध्रने वाला छैनन्। नयाँ भनेर आएको रास्वपा देख्नु भएन? आउनुहोस् , अरुलाई हिलो छ्याप्न होइन, आफ्नो अनुहारमा भएको हिलो पखाल्न सवै लागौं। जेनजी ले खोजेको नेता परिवर्तन होइन, समाज परिवर्तन हो र नविर्सौं, तपाई हामी नै समाज हौं।

हामी सवैलाई अब त सदवुद्दी आओस्। नवीन सोच, व्यवहार र आचरणको यहाँहरु सवैलाई शुभकामना !