नइ एकेडेमी अस्ट्रेलियाले दियो १४ जनालाई विविध विधामा सम्मान

नइ एकेडेमी अस्ट्रेलियाले दियो १४ जनालाई विविध विधामा सम्मान



सिड्नी, अष्ट्रेलिया ।

नइ एकेडेमी अस्ट्रेलियाले सन् २०२६ का लागि विभिन्न १४ विधामा ‘नइ उत्कृष्ट पुरस्कार’ दिएको छ ।
नइ एकेडेमी अस्ट्रेलियाले नेपाली समुदायको पहिचान, सांस्कृतिक सम्पदा र सामाजिक विकासमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सन् २०२२ देखि पुरस्कार प्रदान गर्दै आएको छ ।

अस्ट्रेलियामा नेपाली समुदायको उत्थान, नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई ‘नइ पुरस्कार’बाट सम्मान गरिएको हो ।

पुरस्कारअन्तर्गत बहुसांस्कृतिक नेतृत्व तथा सामुदायिक विकास विधामा डा।कृष्ण हमाल सम्मानित भएका छन् । मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सचेतना विधामा भरत नेपाललाई पुरस्कृत गरिएको छ ।

नेपाली तथा अस्ट्रेलियियन समुदायको विकासमा उल्लेखनीय योगदान पुर्याएबापत सञ्जीवकुमार शर्मालाई ‘नइ उत्कृष्ट पुरस्कार’ समर्पण गरिएको छ ।

नेपाली साहित्यमा उत्कृष्ट लेखनका लागि प्रकाश पन्थीलाई ‘नइ पारिजात पुरस्कार’ प्रदान गरिएको छ ।
त्यस्तै, सञ्चार तथा मिडियामार्फत सामुदायिक सम्बन्ध सुदृढ बनाउन योगदान पुर्‍याएको भन्दै डा।भरत पौडेललाई सम्मान गरिएको छ ।
मानवसेवा अस्ट्रेलियालाई उल्लेखनीय योगदान पुर्‍याएबापत एक हजार डलर राशिको ुनइ मानवसेवा पुरस्कारु समर्पण गरिएको छ ।
अस्ट्रेलिया इन्कर्पोरेटेड र पत्रकारिता तथा सांस्कृतिक सम्पदा संरक्षणमा योगदानका लागि आचार्य राजन शर्मालाई नइ पुरस्कार प्रदान गरिएको छ ।
संस्थागततर्फ नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया इन्क उत्कृष्ट सामुदायिक संस्थाका रूपमा सम्मानित भएको छ । पश्चिमी अस्ट्रेलियामा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा नेपाली समुदायको सशक्तीकरणमा संस्थाले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

त्यसैगरी, बहुभाषिक पत्रकारिता तथा सांस्कृतिक सम्पदा संरक्षण विधामा डा।राजु मानन्धर, सामुदायिक सेवा तथा विकास विधामा प्रकाश पौडेल र महिला सशक्तीकरण तथा नेतृत्व विधामा उषाकिरण बरिया पोखरेल पुरस्कृत भएका छन् ।

सङ्गीततर्फ नेपाली सांगीतिक सम्पदाको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै निशा केसीलाई सम्मान गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’ मार्फत चर्चामा आएका उदाउँदा गायक तथा सङ्गीतकर्मी ‘तिखतार’लाई पनि पुरस्कृत गरिएको छ ।

नेपाली समुदायको विकास र उन्नतिमा उत्कृष्ट योगदानका निम्ति राजकुमार भण्डारीलाई ‘नइ पुरस्कार’ प्रदान गरिएको छ ।