ब्रिसबेनमा नेपालीको गहना पसल लुटेको आरोपमा ५ पक्राउ, एक फरार

ब्रिसबेनमा नेपालीको गहना पसल लुटेको आरोपमा ५ पक्राउ, एक फरार


ब्रिसबेन, अष्ट्रेलिया ।

अघिल्लो महिना ब्रिसबेनको चम्साईडमा रहेको नेपाली गहना पसलमा लुटपाट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना किशोर पनि रहेको बताइएको छ । उनीहरुलाई बुधबार अदालतमा प्रस्तुत गरिएको छ भने लुटपाटमा संलग्न रहेकै आरोपमा अर्को एकजनाको खोजी जारी छ ।

उनीहरुलाई दुईवटा पसलमा लुटपाट गरेको अभियोग छ । लुटपाटका क्रममा श्री गणेश ज्वेलर्समा प्रवेश गरेका उनीहरुले सञ्चालक विजय सुनारलाई उनीहरुले हथौडाले प्रहार गरेका थिए ।

घटनापछि अष्ट्रेलियाभरका नेपालीहरुले व्यवसायीको सुरक्षाका विषयमा चिन्ता व्यक्त गरेका थिए भने एनआरएन क्वीन्सल्याण्डको नेतृत्वमा एक प्रतिनिधि मण्डलले त्यहाँका प्रिमियरलाई भेटी यस सम्बन्धमा ध्यानाकर्षण गराएका थिए । उनीहरुले लगातार गहना पसलहरु लक्षित आक्रमण र लुटपाटले व्यवसाय गर्न नै कठीन बनाएको भन्दै सुरक्षाको प्रत्याभूति गर्न पनि माग गरेका थिए ।