मन्त्रीहरु फेर्ने तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली

मन्त्रीहरु फेर्ने तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता पठाएर नयाँ मन्त्री बनाउने गृहकार्य गरिरहेका छन् । यस कुराको पुष्टि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका छन् । उनले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा यो निर्णय गर्ने अधिकार प्रधानमन्त्रीको भएको पनि बताए ।

उनले वर्तमान मन्त्रीहरूलाई शपथ ग्रहणको वेलामै ‘एक वर्षका लागि’ भनिएको पनि खुलासा गरे । तर, त्यो तन्किन पनि सक्ने र खुम्चिन पनि सक्ने उनको भनाइ थियो ।दुई महिना अघि नै कांग्रेस सभापति शेरबहादुर देउवासँग पुनर्गठनको प्रस्ताव प्रधानमन्त्रीले गरेको भएपनि अस्थीरता देखिने आशंकामा यो काम केही समय पछि धकेलिएको थियो ।