काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेलाई अस्पतालमा पुगेर भेट्नु भएको छ । विभिन्न अस्पतालमा घाइतेलाई भेट्ने क्रममा उहाँ मिनभवनस्थित सिभिल अस्पतालमा पुग्नुभएको हो । प्रधानमन्त्री कार्कीले शनिबार अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । सेन्टरका प्रमुख डा। बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ…