काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराउन खोजेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत हतियाणका दिलप्रित सिंह र बर्दियाको बर्दियाका नगरपालिका–८ की रेविकासिंह ठकुरी छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार सिंह र ठकुरीले ह्वाट्सएप र इन्टाग्राममार्फत सम्पर्क गरी खेलको हाररजितमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको सूचना प्रहरीलाई आएको थियो ।
त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया