मध्यरात दुर्गा प्रसाईं पक्राउ, दिएका थिए भड्काउ अभिव्यक्तिहरु

मध्यरात दुर्गा प्रसाईं पक्राउ, दिएका थिए भड्काउ अभिव्यक्तिहरु



काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको हो । जेन्जी आन्दोलनअघि आन्दोलनमा आफ्नो पनि सहभागिता हुनुपर्छ भन्ने विचार राख्दै आएका उनले आन्दोलन सफल भएपछि अब राजतन्त्र ल्याउनुपर्छ भन्ने खालका गतिविधि गर्दै आएका थिए ।

उनीलाई सेनाले हेडक्वार्टरमा बोलाएर छलफल गरेपछि अझै उत्साही बनेका उनी त्यसपछि दुई पटक भारत भ्रमणमा गइसकेका छन् । भारत जाँदा त्यहाँका राजनीतिक दलहरुसँग गठबन्धन गर्ने भन्दै यता बताउने, सरकारी निकायलाई उपचारमा गएको हो भन्ने तर विभिन्न सार्वजनिक कार्यक्रममा भड्काउपूर्ण अभिव्यक्ति दिने उनको शैली बन्दै आएको थियो ।

सोमबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा उनले सरकारसँग आफलाई पक्राउ गर्ने, मार्ने या वार्तामा बोलाउने तीन मात्र विकल्प भएको बताएका थिए । उनले राजतन्त्रको बारेमा जनमत संग्रहमा जानुपर्ने भन्ने नयाँ माग पनि पछिल्लो पटक सार्वजनिक गरेका छन् । प्रहरीले शान्ति सुव्यवस्थालाई कायम राख्नका लागि उनलाई पक्राउ गरेको बुझिएको छ ।

युट्युब मिडियाहरुलाई परिचालन गर्ने र विभिन्न व्यक्तिहरुको मान पर्दनमा सक्रिय रहेका उनले प्रहरी हिरासतमा पुग्ने वित्तिकै क्यान्सरको बिरामी भएको बताउने गरेका छन् । यसै आधारमा अदालतले अघिल्लो पटक जेल बाहिर बसेर नै मुद्दा लड्न पाउने भन्ने फैसला गरेको थियो ।
एनपीएल सुरु भएपछि त्यसका विरुद्ध पनि उनले अभिव्यक्ति दिँदै आएका थिए ।