दक्षिण एशियामै चर्चित बनेको शेख हसिनालाई दिइएको फाँसी फैसला

दक्षिण एशियामै चर्चित बनेको शेख हसिनालाई दिइएको फाँसी फैसला



ढाका । बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसी सजाय तोकिएको घटना यतिबेला चर्चामा छ । केहीले नेपालमा पनि यस्तै सजाय हुनुपर्छ भन्ने माग राख्ने गरेको भेटिन्छ सामाजिक सञ्जालमा । तर, नेपाल र बंगलादेशको घटनाक्रम कस्तो हो भन्ने कुरामा भने हेक्का नराखेको पाइएको छ ।
बंगलादेशको आन्दोलन निकै लामो समयसम्म चलेको थियो । जसमा विद्यार्थी नेताहरु बेपत्ता पारिने, विपक्षीहरुको घरमा अवैध खानतलासी र छापा मार्नेदेखि लिएर जातीगत रुपमा भड्काउने कार्यहरु समेत सरकारी तवरबाट भएको थियो । प्रहरीले बल प्रयोग गर्दा १५ सय भन्दा बढीले ज्यान गुमाएका थिए । यसपछिको घटनाक्रममा सेनाले राष्ट्रपति शेख हसिनालाई सुरक्षा दिन नसक्ने बताएपछि भाग्नमा सहयोग गरेको थियो । उनी भारततर्फ लागिन् ।
अहिले उनै हसिनालाई मृत्युदण्डको सजाय दिइएको कुरालाई भारतले नोटमा लिएको जनाएको छ । उनी आन्दोलनपछि भागेर भारतको राजधानी नयाँदिल्ली पुगेकी थिइन् । त्यहाँबाट पनि अन्य तेश्रो मुलुकमा जान खोजेको बताइएको थियो ।

गत वर्ष विद्यार्थी नेतृत्वमा भएको विद्रोहविरुद्ध भएको घातक दमनमा मानवताविरुद्धको अपराधमा दोषी ठहर भएपछि ढाकाको एक अदालतले हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई उहाँहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको थियो।

बङ्गलादेशको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी भारत सरकारसँग आग्रह गर्छौं कि ती दुई दोषीलाई तत्काल बङ्गलादेशी अधिकारीहरूसमक्षसुपुर्दगी गरियोस् ।”

वनी स्वरमा भनेको छ, “यी दोषीहरुलाई शरण दिने बिषय अत्यन्त अमैत्रीपूर्ण र न्यायको अपमान हुनेछ।”