भिक्टोरियामा मात्रै हरेक वर्ष ५० भन्दा बढीले ईच्छामृत्यु रोज्छन्

भिक्टोरियामा मात्रै हरेक वर्ष ५० भन्दा बढीले ईच्छामृत्यु रोज्छन्

भिक्टोरियाको संसदमा ईच्छामृत्यु सम्बन्धी कानूनमा ल्याइएको संशोधन व्यापक समर्थनका साथ पारित


मेलबर्न, अष्ट्रेलिया ।

शुक्रबार राति भिक्टोरियाको संसदमा ईच्छामृत्यु सम्बन्धी कानूनमा ल्याइएको संशोधन व्यापक समर्थनका साथ पारित भयो । योसँगै ईच्छामृत्यु अंगालेका व्यक्तिहरुको तथ्यांक पनि सार्वजनिक भएको छ । सन् २०१७ मा पहिलो पटक यस्तो कानून संसदले पारित गरेको थियो जहाँ असाध्यै रोग लागेका बिरामीहरुले आफ्नो ईच्छा अनुसार मृत्युलाई रोज्नसक्दछन् । त्यसपछिको ८ वर्षमा १६ सय भन्दा बढीले यस्तो ईच्छामृत्यु रोजेको देखिएको छ । यो तथ्यांकका आधारमा हरेक वर्ष कम्तिमा पनि ५० जनाले निरन्तरको पीडा र निको नहुने रोगका कारण ढल्दै गरेको जीवन अन्त्य गर्ने निर्णय गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

विपक्षी बिलरल सांसदले पनि गरे समर्थन

भिक्टोरियाका नागरिकलाई भोल्युन्टरी असिस्टेड डाइङ ( VAD) सेवामा अझ सहज पहुँच दिलाउने उद्देश्यसहितको सुधार विधेयक पारित भएको छ ।

नयाँ संशोधनले चिकित्सकलाई रोगीसँग ईच्छामृत्युको विकल्पबारे कुरा गर्न रोक लगाउने “ग्याग क्लज” हटाइदिएको छ । यसअघि उक्त प्रावधानका कारण चिकित्सकहरूले पहल गरेर यस्तो विकल्पबारे सम्बन्धित बिरामीलाई जानकारी दिन पाउँदैनथे ।

त्यसैगरी, VAD प्रति वैचारिक आपत्ति भएका स्वास्थ्यकर्मीहरूले पनि अब कम्तिमा आवश्यक जानकारी बिरामीलाई उपलब्ध गराउनै पर्ने बाध्यकारी व्यवस्था गरिएको छ।

सुधारले पात्रता सम्बन्धी प्रावधानमा पनि परिवर्तन गरेको छ। अब न्यूरोडिजेनेरेटिभ रोग भएका बिरामीले आयु ६ देखि १२ महिना बाँकी रहेको अवस्थामा तेस्रो अतिरिक्त प्रग्नोसिस पेश गर्नुपर्ने छैन।

शुक्रबार संसदको माथिल्लो सदनमा भएको मतदानमा संशोधन २६–१४ को मतान्तरले पारित भयो। सबै पक्षका सांसदहरूलाई ‘कन्सेन्स भोट’ को अवसर दिइएको थियो।

विपक्षी नेता ब्राड ब्याटिनले अघिल्लो समय ख्ब्म् को बिरोध गर्दै आएका थिए, तर व्यक्तिगत कारण र एक नजिकको साथीको अनुभवपछि उनले आफ्नो धारणा परिवर्तन गरेका छन्।

भिक्टोरिया राज्यले २०१७ मा पहिलो पटक अन्तिम अवस्थाका बिरामीलाई स्वेच्छाले मृत्यु चुन्न पाउने कानुन पारित गरी देशभरि उदाहरण स्थापित गरेको थियो। त्यसयता १,६८३ जना अन्तिम चरणका बिरामीहरूले ख्ब्म् प्रक्रियामा सहभागी भइसकेका छन्।