तराईपछि अब पहाडमा माओवादीको यात्रा: प्रचण्डको नेतृत्वमा ‘मध्यपहाडी लोकमार्ग अभियान’ बैतडीबाट सुरू

काठमाडौं । नेकपा माओवादी केन्द्रले तराई–मधेस हुँदै अब पहाडी भूगोलमा आफ्नो राजनीतिक अभियान विस्तार गर्दै ‘मध्यपहाडी लोकमार्ग अभियान’ बैतडीबाट सुरु गरेको छ। जेठ २ गतेदेखि प्रारम्भ भएको यो अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले गरिरहेका छन्। बैतडीको पाटनबाट प्रारम्भ भएको अभियानमा सहभागी हुन अध्यक्ष प्रचण्ड बुधबार नै धनगढी, डडेलधुरा हुँदै बैतडी पुगेका हुन्।…