काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी विभिन्न सात व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ । नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार जानुका पाठक ९शोभा पाठक० लाई सामाजिक सञ्जालमा त्यसै निर्वाचन क्षेत्रका अर्का उम्मेदवार तथा पार्टी विरुद्ध गाली, भ्रामक वा द्वेषपूर्ण र व्यक्तिगत मानहानी…