फेवातालमा खसेको कारका चालकको मृत्यु

फेवातालमा खसेको कारका चालकको मृत्यु



लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर, ६ पामेमा पर्ने फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान सवा २ बजे सडकबाट कार तालमा खस्दा चालक २४ वर्षीय अदीत गुरुङको निधन भएको हो ।

स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर ५ घर भई हाल पोखरा–७, मासबार बस्ने गुरुङलाई उद्धार गरी अस्पताल लगिएकोमा चिकित्सकले ४ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।

सशस्त्र प्रहरी बलको कालिका गणबाट खाटिएको गोताखोरसहितको टोलीले कार अचेल अवस्थामा गुरुङलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्‍याएको थियो । दुर्घटनामा परेको कार तालबाट निकालिसकिएको छ भने घटनाबार अनुसन्धान जारी छ ।