काठमाडौं । सरकारले निर्वाचन प्रचार प्रचारमा जाँदा उम्मेदवारहरूले छत खोलेर हिंड्न मिल्ने ‘रुफटफ भेहिकल’ प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।
बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।
उम्मेदवारहरूको सुरक्षालाई ध्यान दिएर त्यस्तो निर्णय गरिएको उनले बताइन् । विभिन्न उम्मेद्वारले सनरुफबाट टाउको बाहिर निकालेर हात हल्लाउँदै जुलुस निकाल्ने चलन थियो । अझ त्यस्तो गाडीको वरिपरि, ढोकामा झुन्डिएर उम्मेद्वारलाई साथ दिने सुरक्षाकर्मीले नै पनि जोखिम बढाइरहेका थिए । पूर्वराजा, रास्वपाका सभापति रवि लामिछाने, बालेन लगायत यस्तो कार्यमा अग्रपंक्तिमा थिए । भीडभाडमा गएको बेला छतमा निस्किएर हिंड्दा टाढैबाट आक्रमण हुनसक्ने जोखिम हुन्छ ।
बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सेनाका प्रतिनिधि सहभागी थिए ।
त्यस्तै, बैठकमा निर्वाचनका गतिविधि र तयारीबारे पनि थप छलफल भएको छ ।

प्रतिक्रिया