हेलिकोप्टर उडानमा पाईलटलाई नयाँ नियम, चार घण्टा उडाएपछि ३० मिनेट अनिवार्य आराम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बर्खाको समयमा हुन सक्ने सम्भावित हवाई दुर्घटना न्यूनीकरणका लागि हेलिकोप्टर उडानमा नयाँ नीति लागु गरेको छ । तुलनात्मक रूपमा जोखिम बढी हुने बर्सातको समयमा हेलिकोप्टर उडान नियमन गर्दै प्राधिकरणको उडान सुरक्षा नियमन विभागले हरेक चार घण्टा उडान–अवतरणपछि हेलिकोप्टरको इन्जिनलाई अनिवार्य ३० मिनेट बन्द गरेर पाइलटले आराम गर्नुपर्ने व्यवस्था लागु गरेको…