काठमाडौं । सर्वोच्च अदालतमा उत्पन्न घटनाका सम्बन्धमा नेपाल बार एशोसिएशनले ५ बुँदे विमति राख्दै आन्दोलन घोषणा गरेको छ ।
आज बसेको बारको बैठकले दरपीठमाथिको निवेदन विना कारण दर्ता नगरी त्यत्ती राख्नु न्यायमा अवरोध पुर्याउने काम भएको ठहर गरेको छ ।
कामु प्रधानन्यायाधीशको आदेश समेत पालना नहुनु प्रशासनको रवैया असाधारण मात्रै नभएर ऐतिहासिक भूल भएको बारको भनाई छ ।
बारले जेठ ५ गते दिउँसो सवा एक बजे लालटिन बालेर अदालत प्रशासनको हर्कतको विरोध गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया