नागढुंगा सुरुङमार्ग छिर्दा लाग्ने दस्तुर तोक्यो सरकारले !

काठमाडौं । सरकारले निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको छ। उपभोक्ताबाट न्यूनतम ६० देखि अधिकतम ६०० रूपैयाँ शुल्क उठाउने तय भएको छ । नागढुंगा सुरुङमार्ग हुँदै गुड्ने कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ र जाँदा ६० रुपैयाँ शुल्क तर्नुपर्नेछ। त्यसैगरी मिनीबस र ट्रकले काठमाडौँ आउँदा ११५ र जाँदा ८० रुपैयाँ शुल्क…