काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ७७ वटै जिल्लाम अधिवेशनकेन्द्रित जिम्मेवारी तोकेको छ। रास्वपाको वडा र पालिका तहका समितिहरूको अधिवेशन भइरहेको छ । सचिवालय बैठकले यसअघि समिति गठन नभएका वडाहरूमा जेठ २ गते भेला गरिसकेको छ।
त्यस्तै वैशाख २० अगावै समिति गठन भएका वडामा जेठ ३ गते अधिवेशन भएको छ। जेठ ९ गते यसअघि समिति नभएका पालिकाहरूमा भेलाको आयोजना गरिएको रास्वपाले बताएको छ।
वैशाख २५ अगावै समिति गठन भएका पालिका जेठ १० गते पालिका अधिवेशनको मिति तय गरिएको छ। जेठ ३ अगाडि गठन भएका बाँकी वडाहरूमा जेठ १६ गते अधिवेशन हुनेछ। जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका भने जेठ १७ गते पालिका अधिवेशन हुनेछ। जेठ २३ र २४ गते रास्वपाले जिल्ला अधिवेशनको मिति तय गरेको छ।
यी अधिवेशनहरूको सहजीकरण र समन्वय गर्नका लागि संघीय सांसद, केन्द्रीय संघीय मञ्च केन्द्रीय विभागका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी तोकिएको रास्वपाले बताएको छ।

प्रतिक्रिया