अष्ट्रेलियाको एडिलेडमा सेप्टेम्वर ७ आइतवार येँयाः पुन्ही अर्थात ईन्द्रजात्रा मनाईने भएको छ । गुठी साउथ अष्ट्रेलियाका अध्यक्ष गौरव राजकर्णिकारले जात्राको मुख्य आकर्षण कुमारी, लाखे, पुलुकिसि, धिमे बाजा, सम्य बस्जि, कुमारी नृत्य, मञ्जुश्री नृत्य हुने जानकारी दिए । एडिलेडमा २०१६ बाट शुरु भएको ईन्द्र जात्रा यस बर्ष कसग्रोभ हल, क्लोभेली पार्कमा आयोजना हुने छ । गुठीका…