सरकारले एक वर्षभित्र १ सय ६६ विधेयक संसदमा पेश गर्ने तयारी

काठमाडौँ । सरकारले एक वर्षमा १६६ विधेयक संसद्मा पेस गर्ने गरी प्राथमिकता सूची सङ्घीय संसद्मा पेस गरेको छ । विधायनसम्बन्धी ऐनको व्यवस्था अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई प्राथमिकता सूची हस्तान्तरण गर्नुभएको हो । सम्बन्धित मन्त्रालयबाट प्राप्त सूचीमा थप छलफल र परामर्शका आधारमा प्राथमिकता निर्धारण गरिएको…