काठमाडौं । गएराति सम्पन्न मिस नेपाल २०२६ को उपाधि हङकङकी एनआरएन दिपमालाले जितेकी छिन् । पछिल्लो समय नेपालमा भएका व्यूटी कन्टेष्टहरुमा विदेशमा बस्ने नेपाली अझ मुख्यगरी दोश्रो पुस्ताका युवाहरुको आकर्षण बढ्दो क्रममा छ । विविध विषयको ज्ञान, अन्तर्राष्ट्रिय क्षेत्रमा आफुलाई प्रस्तुत गर्नस्क्ने क्षमता लगायतका कारणले उनीहरु जजको रोजाईमा पर्दै आएका छन् । अनुष्का श्रेष्ठ, अष्ट्रेलियाबाट नेपाल फर्किएर मिस नेपालको ताज जितेपछि उतै व्यापार व्यवसाय गर्दै अहिले सांसद बनेकी छिन् । दिपमाला पनि केही समय अघि मिस नेपालको सपना बोकेर काठमाडौं ओर्लिएकी थिइन् । उनी नम्बर १७ को ट्याग बोकेर प्रतियोगितामा उत्रिएकी थिइन् ।


उनी एनआरएन सेकेन्ड जेनेरेसन युथ कोअर्डिनेटर पनि हुन् । यसैक्रममा केही समय अघि उनले शिक्षामन्त्री लगायतसँग भेटी नेपालमा मुख्यत क्यान्सरको रोकथामका उपायहरुको विषयमा छलफल गरेकी थिइन् । उनी क्यान्सर अस्पतालको एम्बासडर पनि हुन् ।

प्रतिक्रिया