होबार्ट – एभरेस्ट स्टार्स क्रिकेट क्लबले दशैंको अवसरमा तस्मानियामा पहिलो पटक ‘एभरेस्ट सुपर ओभर कप–२०२५’ आयोजना गर्ने भएको छ। आइतबार, २८ सेप्टेम्बरका दिन होबार्टको क्विन्स वाक ओभल, न्यु टाउनमा हुने यो प्रतियोगिता ऐतिहासिक हुने अपेक्षा गरिएको छ। पेनिरोयल कलेजमा सम्पन्न पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष लक्ष्मण पन्थीले दशैंको समयमा सबै नेपालीलाई एउटै थलोमा ल्याउने उद्देश्यसहित यो…