काठमाडौँ । नेपाली सेनाले आधुनिक शैलीमा तयार पारिएको ‘रेन्जर’ बोलको र्याप गीत सार्वजनिक गरेको छ। सेनाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। तीन दिनअघि सार्वजनिक गरिएको गीतलाई शनिबार मध्याह्नसम्म करिब दुई लाख पटक हेरिएको छ। गीतमार्फत सेनाभित्र विशेष तालिमप्राप्त लडाकु अर्थात् ‘रेन्जर’ को साहस, अनुशासन, सङ्घर्ष र जिम्मेवारीलाई र्याप शैलीमा प्रस्तुत गरिएको छ। गीतका शब्द…