एडिलेड। नेपालको समकालीन राजनीतिक यथार्थ, सुशासन, सामाजिक न्याय र भ्रष्टाचारविरुद्धको सन्देश बोकेको नेपाली चलचित्र ‘बिगुल’ आगामी १० जुलाई २०२६ मा दक्षिण अष्ट्रेलियाको एडिलेडस्थित द रिगल थिएटर मा विशेष प्रिमियरसहित प्रदर्शन हुने भएको छ।
निर्माता तथा लेखक दिनेश कोइरालाद्वारा निर्माण गरिएको चलचित्रले नेपालको युवा पुस्तामा बढ्दो राजनीतिक वितृष्णा, परिवर्तनको चाहना र कुशासनविरुद्धको चेतनालाई प्रभावशाली रूपमा प्रस्तुत गरेको छ। नेपालमा सफल प्रदर्शनपछि सिड्नी र मेलबर्नमा पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको चलचित्रप्रति एडिलेडमा समेत उत्साह देखिएको आयोजकले जनाएको छ।
चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी लगायतका कलाकारहरूको अभिनय रहेको छ। ‘दण्डहीनता क्षम्य हुँदैन’ भन्ने सशक्त सन्देश बोकेको चलचित्रले समाज र राजनीतिप्रति गम्भीर बहस सिर्जना गर्ने विश्वास गरिएको छ।

एडिलेड प्रदर्शनका संयोजक विशाल कोइरालाले नेपाली समुदायलाई परिवार तथा साथीभाइसँग उपस्थित भई नेपाली चलचित्र उद्योगलाई साथ दिन आग्रह गरेका छन्।

प्रतिक्रिया