आठ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा, विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने, विदेशी खेलाडीको सहभागिता पनि बढाइयो। काठमाडौं, २६ अक्टोबर। नेपाली क्रिकेटको बहुप्रतीक्षित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज सोमबारदेखि सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगिताको उद्घाटन…