मेलबर्न, अष्ट्रेलिया । ५ दशकभन्दा बढी समयदेखि नेपाली गीत संगीतमा अनवरत क्रियाशील गायक दीप श्रेष्ठले आफ्नो एकल प्रस्तुति दिने भएका छन् । मेलबर्नको ग्लेनरोयस्थित बसन्तपुर स्क्वायरमा हुने कार्यक्रम साँभ ५ बजेदेखी सुरु हुनेछ । सीमित दर्शक श्रोताहरुको लागि अविस्मरणीय साँझको परिकल्पना गरिएको आयोजकमध्येका एक साजन तामाङले केविसीखबरलाई जानकारी दिए ।
“हामीले हाम्रा लोकप्रिय वरिष्ठ गायकलाई करिब दुई घण्टा लगातार सुन्नेछौं । नाच्ने भन्दा पनि शान्तसँग बसेर आफ्नो विगत, संगीतको स्मृति र दीप श्रेष्ठको स्वरको जादूमा रमाउन चाहनेका लागि साँच्चे यो अविस्मरणीय हुनेछ ।” उनले भने ।
कन्सर्ट सम्बन्धि थप जानकारी तलको पोष्टरमा हेर्नुहोला-


प्रतिक्रिया