विश्वकप फुटबल हेर्न जान लागेका एन्फाका पदाधिकारी एयरपोर्टबाट फर्काइए

विश्वकप फुटबल हेर्न जान लागेका एन्फाका पदाधिकारी एयरपोर्टबाट फर्काइए



मेक्सीकोमा सुरु हुन लागेको विश्वकप फुटबल हेर्न अमेरिका जाँन लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइ दिएको छ।

उनीहरु विश्वकप फुटबल हेर्न अमेरिका जानका लागि आज बिहान त्रिभुवन विमानस्थलमा पुगेका थिए।

नेम्वाङ र राईलाई विमानस्थलबाट फर्काइएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए। ‘खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्का बोधार्थ पत्रको आधारमा उहाँहरूलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको हो,’ तिवारीले भने, ‘खेलकुदका कार्यक्रमका लागि उहाँहरूलाई बाहिर जान नदिनु भन्ने पत्र हामीलाई केही दिन अघि नै आएको थियो। सोही पत्रको आधारमा हामीले उहाँहरूलाई बाहिर जानबाट रोकेका हौँ।’

आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद राखेपले नेम्वाङ राईसहितका एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको छ।