फुटबल प्रशिक्षक अलमुताइरी नेपाल फर्कने निश्चित

काठमाडौं, १० कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने निश्चित भएको छ । अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग नयाँ सम्झौता गर्न सहमत भएका हुन् ।  एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसिएसन (क्यूएफए) पदाधिकारीसँगको भेटपछि आफू एन्फासँग नयाँ सम्झौता गर्ने निर्णयमा पुगेको अलमुताइरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्…