काठमाडौं, ३ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल गोलरहित बराबरीमा सकिएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । योसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।खेलमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा…