मच्छिन्द्र क्लबले एएफसी कपमा श्रीलंकाको ब्लु स्टारसँग खेल्ने

मच्छिन्द्र क्लबले एएफसी कपमा श्रीलंकाको ब्लु स्टारसँग खेल्ने


काठमाडौं, ३ माघ । एएफसी कप छनोट–२०२२ प्ले अफको पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबले श्रीलङ्काको ब्लु स्टारसँग खेल्ने भएको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) को तालिका अनुसार मच्छिन्द्रले ब्लु स्टार प्रतिद्वन्द्वी पाएको हो।
दक्षिण एसिया क्षेत्रमा रहेको मच्छिन्द्र र ब्लु स्टारबीचको खेल आउँदो अप्रिल ५ मा दशरथ रङ्गशालामा हुनेछ । यो खेलमा विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । दोस्रो चरणको खेल अप्रिल १२ मा हुनेछ ।
मच्छिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौँ चरणसम्म शीर्ष स्थानमा रहँदै एएफसी कपमा छनोट भएको हो ।