आयोजकलाई हराउँदै एपीएफ क्लबको आहा रारा गोल्डकपमा विजयी सुरुवात

आयोजकलाई हराउँदै एपीएफ क्लबको आहा रारा गोल्डकपमा विजयी सुरुवात


काठमाडौं, ६ माघ । आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको उदघाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
आयोजक सहारा क्लब पहिलो खेलमै पराजित भएको छ । एपीएफका लागि आभाष लामिछाने र प्रदीप लामाले एक÷एक गोल गरे । एपीएफले अब माघ ८ गते बीवाईएससी मिनेसोटा यूएसएसँग खेल्नेछ । आजदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगितामा आयोजक सहारासहित एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, संकटा, थ्री स्टार, मनाङ मस्याङ्दी, मछिन्द्र, हिमालयन शेर्पा र बिवाईएससी मिनेसोटा यूएसए सहभागी छन् ।
मोफसलको प्रतिष्ठित प्रतियोगिताको यो २० औँ संस्करण हो । तर यसपाली कोरोना सङ्क्रमण जोखिमका कारण दर्शकलाई अनुमति छैन । प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले ५ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।