पुलिस क्लबलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा

पुलिस क्लबलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा


काठमाडौं, ९ माघ । नेपाल पुलिस क्लबलाई परजित गर्दै मनाङ मस्र्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइलनमा पुगेको छ । पोखरा रङ्गशालामा आज आइतवार भएको खेलमा नेपाल पुलिस क्लबलाई दुई–शून्य गोल अन्तरले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङलाई जिताउन ६४ औँ मिनेटमा रुपेश केसी र ८८ औँ मिनेटमा ओवालाले हाफिजले गोल गरे ।
मनाङले अब सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ । आज हारेको पुलिस भने प्रतियोगिताबाट बाहिरिएको छ । १० टोली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछ ।