अमेरिकी क्लबलाई हराउँदै एपीएफ क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

अमेरिकी क्लबलाई हराउँदै एपीएफ क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा


काठमाडौं, ८ माघ । अमेरिकी क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा बीवाईएससी यूएसए क्बलाई ३–१ गोलले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।
४७ औँ मिनेटमा मिगल फेलाफक्सले गोल गरेर बीवाईएसीलाई अग्रता दिलाए पनि एपीएफका रवि थिङले दुई तथा आवाश लामिछानेले एक गोल गरेपछि अमेरिकी क्लब पराजित हुन पुग्यो । पोखरामा चलिरहेको २० औं संस्करणको आहा रारा गोल्डकपमा १० टोली सहभागी छन् । प्रतियोगिताको विजेता १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।