थ्री मंकिज प्रोडक्सनको पहिलो प्रस्तुति “नजर झुकेझैँ लाग्यो" बोलको गीतमा हाल सबैमाझ लोकप्रिय कलाकारहरु मलिका महत र निराजन प्रधानको जोडीलाई दर्शकहरुले देख्न पाउनु हुनेछ । सुजन कोईरालाको शब्द तथा कमल खत्रीको स्वर र संगीतमा रहेको 'नजर झुकेझैँ लाग्यो' बोलको गीतले दर्शकहरुलाई एक भिन्न मिठासका साथै पृथक म्युजिक भिडियोको आभास पनि प्रदान गर्ने विश्वास राखिएको छ…