मच्छिन्द्र क्लब आहा–रारा गोल्डकपको सेमिफाइनलमा, संकटा ४–१ गोलले पराजित

मच्छिन्द्र क्लब आहा–रारा गोल्डकपको सेमिफाइनलमा, संकटा ४–१ गोलले पराजित


काठमाडौं, १० माघ । संकटा क्लबलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज सोमवार भएको खेलमा सङ्कटालाई चार–एक गोलले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो ।
मच्छिन्द्रका लागि मेसुके ओलोमाउले दुई तथा उत्सव राई र अविशेक गुरुङले एक÷एक गोल गरे । सङ्कटाका गणेश हमालले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन ।
हारसँगै सङ्कटा प्रतियोगिताबाट बाहिरिएको छ । मच्छिन्द्रले सेमिफाइलनमा एपीएफ क्बलसँग खेल्नेछ । सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगितामा कुल १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेता टोलीले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।